कैलाली जिल्लामा सञ्चालनमा रहेका विभिन्न ८६ वटा उद्योग खारेजीमा परेका छन् ।
विभिन्न समस्याका कारण बन्द भएपछि खाने तेल, सिमेन्टको ब्लक, पोल्ट्री फार्म, ब्युटीपार्लर जस्ता उद्योग खारेजीमा परेका हुन् ।
कच्चा पदार्थको अभाव लगायतका कारण कतिपय उद्योग सञ्चालन हुन नसकेर र अन्य कतिपयले उत्पादित मालको बजार मूल्यसँग प्रतिष्पर्धा गर्न नसकेर बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नवराज भट्टले बताए ।
यसबाहेक उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि कतिपय उद्योग बन्द भएको उनले बताए ।
प्रतिक्रिया