सस्तोमा रक्सी चाहियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जानुस

६ बर्ष अगाडि

काठमाडौं – तपाईलाई महंगो रक्सी सस्तोमा किन्न मन लागेको छ ? यदि छ भने तपाईका लागि सुनौलो मौका आएको छ । विदेशबाट ल्याइएका त्यस्ता रक्सी सरकारले लिलामी गर्न लागेको हो ।

सरकारले ६ हजार ७१८ बोत्तल महंगा रक्सी लिलामी गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले कूल १ करोड ३१ लाख ३१ हजार ५६५ मूल्य बराबरको ती रक्सी लिलामी गर्न लागेको हो । यात्रु जाँचपास तथा सहजीकरण शाखामा विभिन्न मितिमा जफथ भई दाखिला हुन आएका रक्सी लिलामी गर्न लागेको हो ।

विमानस्थल भन्सार कार्यालयले रक्सीको  न्यूनतम मूल्य तोकेर नै लिलामीका लागि सूचना जारी गरेको हो । आफूले कबोल गरेको मूल्यको १० प्रतिशत ले हुन आउने धरौटी रकम सहित शिलबन्दी फारम दर्ता गर्न आग्रह गरेको छ ।

 विमानस्थल भन्सारले विभिन्न १४ वटा ब्राण्डका रक्सी लिलामी गर्न लागेको हो । त्यसमा भन्सारले ८४१ बोत्तलको १८ लाख ६२ हजार १७५ देखि १३९ बोत्तलको २ लाख ८३ हजार १२५ सम्मको मूल्य निर्धारण गरेको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया