चन्द्रागिरि हिल्स कम्पनी केबुलकार यात्रुसँग ७०० रुपैयाँ भाडा लिनुको कारण खुलाइ ७ दिनभित्र जवाफ पेश गर्ने पर्ने भएको छ ।
चन्द्रागिरि हिल्स कम्पनीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले उक्त जवाफ पेश गर्न निर्देशन दिएको छ ।
विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के कति कारणले निर्धारण गरेको हो, प्रमाण पेश गर्नू’ भनि निर्देशन दिएको हो ।
विभागको टोलीले अनुगमनलगत्तै तत्कालै लिखितपत्रमार्फत निर्देशन दिएको थियो ।
कान्तिपुरबाट
प्रतिक्रिया