घुस खाएर किनबेच हुदैँ भृकुटीमण्डपका सटर

६ बर्ष अगाडि

समाज कल्याण परिषदसँग सस्तो मूल्यमा भाडामा लिइएका भृकुटीमण्डप प्रदर्शनीस्थलका सटर डेढ लाख रुपैयाँसम्म घुस लिएर खरिद–बिक्री हुने गरेको खुलेको छ ।

राष्ट्रिय सतर्कता केन्द्रको छानविन टोलीले भृकुटीमण्डपमा गरेको स्थलगत अध्ययनमा त्यहाँभित्र रहेका केही पसलधनीले सस्तोमा सटर लिएर दोस्रो, तेस्रो व्यक्तिलाई बढी मूल्यमा पसल सञ्चालन गर्न दिने गरेको भेटिएको हो ।

भृकुटीमण्डपभित्र रहेका सटरमा पसल राख्न व्यापारीले परिषदकै कर्मचारीको मिलेमतोमा घुस लिएर खरिद बिक्री गर्ने गरेको खुलेको हो ।

सतर्कता केन्द्रले स्थलगत अध्ययनपछि देखिएको बेथिति समेट्दै प्रतिवेदन समेत सार्वजनिक गरेको छ । चना–चटपटे पानीपुरी बेच्ने ठाउँसमेतमा सटर राख्न परिषदका कर्मचारीको मिलेमतोमा घुस लिएर महंगोमा दिने गरेको भेटिएको हो ।
नागरिक दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया