चितवन – मदिराको कारोबारमा कमी आउँदा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलनमा असर परेको छ ।
कार्यलयको राजस्वको मुख्य स्रोत मदिरा रहेको र यसको कारोबार कम हुँदा राजस्व रकम घटेको हो । चालू आर्थिक वर्षको शुरुआती ३ महीनामा लक्ष्यभन्दा २६ प्रतिशत कम राजस्व उठेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार असोज मसान्तसम्म रू। १० अर्ब ७४ करोड ९५ लाख राजस्व उठाउने लक्ष्य थियो, तर यो अवधिमा ८ अर्ब ५८ लाख मात्र संकलन गरेको छ ।
गतवर्ष कार्यालयले यस अवधिमा ७ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ संकलन गरेको थियो। असोज मसान्तसम्म अन्तःशुल्क शीर्षकमा कार्यालयले ९ अर्ब ५६ लाख ११ लाख लक्ष्य पाएकोमा ६ अर्ब ८१ करोड ५९ लाख मात्र संकलन भएको छ । ‘आन्तरिक राजस्व संकलनको मुख्य स्रोत नै अन्तःशुल्क हो,’ रिजालले भने, ‘यस वर्ष मदिराको सोचेजस्तो कारोबार देखिएन ।
आर्थिक अभियान
प्रतिक्रिया