सामुदायिक वनमा चियाखेती

६ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक ९उद्यान० वनमा गरिएको चियाखेती सफल भएपछि यस वर्षदेखि समुदायले उत्पादन लिने तयारी गरेका छन् । 

सामुदायिक वनको १० रोपनी क्षेत्रफल जमीनमध्ये चार रोपनी क्षेत्रफलमा परीक्षणको रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य रामबहादुर गुरुङले जानकारी दिए।

समुद्री सतहदेखि करीब दुई हजार २०० मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ ।

“हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिन सफल भएका छन्”, गुरुङले भने,  “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा चियाका बिरुवाहरु थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शितोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो । 

गौश्वाराको वन क्षेत्रमा साल, सिर्मु, सल्लोलगायतका काठ तथा विभिन्न किसिमका जडिबुटीहरु, एवं जङ्गली जनावर र पक्षी देख्न सकिने स्थानीय परमेश्वर मल्लले बताए। उनले भने, “चिया खेतीलाई प्रवद्र्धन गरी व्यावसायिक खेती शुरु गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’’ 

६ बर्ष अगाडि

प्रतिक्रिया