वल्डलिंकमा १ अर्ब ३५ करोड लगानी गर्दैै बेलायत

६ बर्ष अगाडि

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्डलिंक कम्युनिकेसनमा बेलायतको विकास वित्त संस्था सीडीसीले १ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्ने भएको छ । 

प्राप्त विदेशी लगानीलाई वल्डलिंकले देशका अति विकट गाउँहरुमा उच्चस्तरीय इन्टरनेट पुर्‍याउन प्रयोग गर्ने जनाएको छ ।

नेपालभर इन्टरनेट सेवा विस्तार गर्ने वल्डलिंकको महत्वाकांक्षी योजनामा साथ दिने गरी बेलायत सरकारको स्वामित्वमा रहेका सीडीसीले सो लगानी गरेको हो । 

बिहीबार आयोजित सीडीसी र वल्डलिंकबीचको सहकार्य घोषणा कार्यक्रम संस्थाका प्रबन्ध निर्देशक र एसिया प्रमुख श्रीनी नागराजनले ऋणको रुपमा नभई इक्विटीको रूपमा लगानी गरेको बताए । 
कारोबार दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया