चालु आर्थिक वर्षको दुई महिनामा नेपाललाई दुई खर्ब ११ अर्बको व्यापार घाटा भएको छ ।
राष्ट्रबैंकले बुधबार सार्वजनिक गरेको दुई महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालले उक्त व्यापार घाटा व्यहोरेको हो ।
तर यस अवधिमा देशको निर्यात भने २५ दशमलव नौ प्रतिशतले बढेको छ ।
मुलुकले यस २ महिनाको अवधीमा कुल वस्तु निर्यात १८ अर्ब ५० करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधीमा यस्तो निर्यात आठ प्रतिशतले बढेको थियो ।
पछिल्लो दुई महिनामा आयत भने एक दशमलव दुई प्रतिशतले घटेको राष्ट्रबैंकले जनाएको छ ।
उक्त महिनाको वस्तु आयत दर दुई खर्ब २९ अर्ब ५० करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३८ दशमलभ पाँच प्रतिशतले बढेको थियो ।
आर्थिक राष्ट्रिय दैनिकबाट
प्रतिक्रिया