सावधान ! नकल्ली चुरोट नेपाली बजारमा छ्याप छ्याप्ती

६ बर्ष अगाडि

खुकुरी र शिखर ब्रान्डका चुरोटको डुप्लिकेट बजारमा छ्याप छ्याप्ती बिक्री भइरहेको पाइएको छ । 

नेपाली बजारमा चर्चित खुकुरी र शिखर चुरोटको नक्कल गरी सीमावर्ती भारतीय बजारमा चुरोट बनाएर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र सिरहा बजारमा बिक्री गरिएको  हो । 

तर नक्कली चुरोटको बट्टा हेर्दा खुकुरी र शिखर ब्रान्डको झै देखिए पनि यसमा कम्पनीको स्टिकर भने हुँदैन।

उक्त जिल्लाका सीमावर्ती क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अवैध रूपमा भित्रिने गरेको समेत व्यवासायी बताउँछन् ।
आर्थिकन्यूजबाट

६ बर्ष अगाडि

प्रतिक्रिया