अस्पतालको करौडौं आम्दानी कर्मचारीको खल्तीमा

६ बर्ष अगाडि

काठमाडौं –   गएको भाद्र महिनादेखि भक्तपुर क्यान्सर अस्पतालको  करौडौं रुपैयाँ आम्दानी अस्पतालको बैंक खातामा जम्मा नगरिएको पाइएको छ।

अस्पताल व्यवस्थापन समितिका अनुसार भाद्र महिनादेखिको करिब साढे दुई करोड रुपैयाँ अस्पतालको खातामा जम्मा भएको छैन। समितिले निलम्बन गरेका अस्पतालका मेडिकल डाइरेक्टर प्रा।डा। ऋषिकेषनारायण श्रेष्ठ, प्रशासन तथा वित्त प्रमुख जगन्नाथ भुर्तेल र प्रशासक राजाराम तजलेले अस्पतालको दैनिक आम्दानी खातामा जम्मा नगरी आफूहरुको खल्तीमा राखेका आरोप छ।

अस्पताल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष महेश श्रेष्ठले अस्पतालमा भक्तपुर नगरपालिकाले हस्तक्षेप गरेपछि निलम्बित मेडिकल डाइरेक्टर श्रेष्ठ, प्रशासन तथा वित्त प्रमुख भुर्तेल र प्रशासक तजलेले अस्पतालको आम्दानी बैंकमा जम्मा नगरी चलाउँदै आएको आरोप जानकारी दिए।

अस्पतालको आम्दानी बैंकमा किन जम्मा नगरेको भनी प्रशासन तथा वित्त प्रमुख भुर्तेललाई प्रश्न गर्दा स्पष्ट जवाफ नदिएको उनले बताए।
अन्नपूर्ण पोस्ट्बाट

६ बर्ष अगाडि

प्रतिक्रिया