नेपालीहरको महान चाड तिहारको अवसरमा १३ करोड ५० लाख बराबरको मालाको कारोबार हुने भएको छ । फ्लोरिकल्चर एसोसियसनले यो वर्ष २५ लाख माला खपत हुने जनाएको छ ।
गत वर्ष २२ लाख माला खपत भएको थियो ।
एसोसियसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले २५ लाख मालामध्ये १८ लाख माला सयपत्री फूलका मात्रै हुने बताका छन् । उनले तिहारमा कारोबार हुने फूलको मालामध्ये गोदावरी फूलका २ करोड ५० लाखको हुनेछ भने अरु बाहिरबाट आयात गरिनेछ ।
प्रतिक्रिया