सरकारले आयातमा प्रतिवन्ध लगाएपछि नेपालमै पहिलो पटक इनर्जी ड्रिङ्क्स उत्पादन शुरु भएको छ ।
क्वालिटी ग्रुपले दशैँको अवसर पारेर ‘वान–टु–थ्री वाउ’ ब्राण्डमा इनर्जी डिङ्कको व्यावसायिक उत्पादन सुरु गरेको हो।
वाणिज्य मन्त्रालयले गत असार ३ गते सूचना प्रकाशित गर्दै चालु आर्थिकवर्षदेखि क्याफिनयुक्त इनर्जी ड्रिङ्क्स र सिन्थेटिक फ्लेवर भएका जुसको आयातमा प्रतिबन्ध लगाएको थियो।
वाउ इनर्जी ड्रिङ्क्स २ सय ५० एमएलको बट्टामा प्याक गरिएको र यसको एमआरपी ११० रुपैयाँ राखिएको छ। यसको उपभोग मिति २ वर्षको छ।
क्वालिटीका निर्देशक घनश्यामले पूर्णतः अत्याधुनिक युरोपियन प्रविधिबाट ‘वान–टु–थ्री वाउ’को उत्पादन गरिएको दाबी गरे।
विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने इनर्जी ड्रिङ्क्स उत्पादन गरिएको भन्दै उनले नेपालको बजार मात्र पर्याप्त नहुने हुँदा भारततर्फ निकासी गर्ने योजना भइरहेको जानकारी दिए।
कम्पनीले अहिलेसम्म वानटुथ्री, बुलेट र अन्य विभिन्न ब्रान्डमा तयारी चाउचाउ, नुडल्स, पास्ता, फुरन दाना, सेबई र विविध प्रकारका स्न्याक्सको उत्पादन गर्दै आएको थियो ।
प्रतिक्रिया