निर्यात बढे्ता पनि दुई खर्ब ११ अर्बको व्यापार घाटा

६ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार दुई महिनामा व्यापार घाटा दुई खर्ब ११ अर्ब १८ लाख रुपैयाँ पुगेको हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा दुई महिनामा व्यापार घाटा ३ दशमलब ०५ प्रतिशतले कम भएको छ। सो आर्थिक वर्षको सोही अवधिमा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा थियो। 

आयात बढ्दै गएपनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको छ । 

यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । दुई महिनामा १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।कारोबार दैनिकबाट

६ बर्ष अगाडि

प्रतिक्रिया