२ लाख ३० हजारमा बेनेलीको मोटरसाइकल, यस्ता छन् बिशेषता

६ बर्ष अगाडि

काठमाडौं – मोटरसाइकल प्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दैै विभिन्न दुई पाङ्ग्रे सवारी बिक्रेता कम्पनीले नेपाली बजारमा सस्तो मूल्यदेखि अत्याधिक महङ्गा मूल्यसम्मका मोटरसाइकल बिक्री गर्दै आएका छन् ।

यस्तोमा बेनेलीले बजारमा सस्तोदेखि महंगो मोडलका मोटरसाइकल बिक्री गर्दै आउको छ । केही महिनाअघि नेपाली बजारमा बिक्री वितरण सुरु भएको बेनेली टीएनटी १५ युवा पुस्ताले अत्याधिक रुचाएको मोडल हो ।

१५० सीसी सेग्मेन्ट अन्तर्गत आकर्षक फिचर, लुक्स र डिजाइनमा निर्माण भएको यो बाइक ग्राहकको विशेष रोजाइमा पर्दै आएको छ ।

मूल्यका हिसाबले सस्तो रहेको यो बाईक फिचरका हिसावले फुल लोडेड रहेको छ । बाइकमा अल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ भने दुवै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

टीएनटी–१५० रातो, कालो र सेतो गरी तीन कलर भेरियन्टमा उपलब्ध छ । यस बाइकको तौल १४० केजी रहेको छ ।

बेनेली टीएनटी १५० मा १४८ सीसी, एयर कुल्ड सिंगल सिलिन्डर इन्जिन दिइएको छ । उक्त इन्जिनले ८५०० आरपीएममा १२।०६ बीएच पावर उत्पादन गर्छ । यस बाइकको इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ । बाइकमा १६ लिटर क्षमताको फ्यूल ट्यांक दिइएको छ ।

बाइकको टप स्पीड क्षमता १३० किलोमिटर प्रतिघन्टा रहेको छ भने यसले ४५ देखि ५० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यसको नेपाली बजारमा मूल्य २ लाख ३० हजार रुपैयाँ तोकिएको छ ।

साथै, कम्पनीले टीएनटी–१५० आईपनि बिक्री हुदै आएको छ । १४९।५ सीसी क्षमताको यो बाइकले १४ बीएच पावर उत्पादन गर्छ । यसको नेपाली बजारमा मूल्य ३ लाख २० हजार रुपैयाँ रहेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया