आज सुनको मूल्य एकैदिन ११ सय रुपैयाँले बढेको छ ।
सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा सुन ६९ हजार ८ सय रुपैयाँ प्रतितोला थियो ।
तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया