खसीबोका बजार मुल्यभन्दा सस्तोमा

६ बर्ष अगाडि

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार मुल्य भन्दा सस्तो मुल्यमा खसीबोका र च्याङग्रा बिक्री सुरु गरेको छ ।

कम्पनीले समबारबाट थापाथालीस्थित गोदामबाट सहुलियत दरमा खसीबोका र च्याङग्राको बिक्री सुरु गरेको हो ।

कम्पनीले बजार मुल्य भन्दा खसी किलोमा ७० र च्याङग्रा प्रतिकिलोमा ३० रुपैंया सस्तोमा बिक्री खुल्ला गरेको छ ।

कम्पनीले चाडपर्वको बेला बजारमा हुने अस्वभाविक मुल्य नियन्त्रण गर्नलाई मुल्यमा खसीबोका र च्याङग्रा बिक्री गरेको हो । 
कारोबार दैनिकबाट 
 

६ बर्ष अगाडि

प्रतिक्रिया