प्याजको भाउ १३५ पुग्यो, समाचार हेर्दै भाउ बढाउँदै गर्छन व्यापारी

६ बर्ष अगाडि

व्यापारीले एकैदिन प्याजको भाउ २९ प्रतिशतले बढाएका छन् ।

भारतले प्याज निर्यातमा प्रतिवन्ध लगाएको समाचार आएपछि व्यापारीले एक्कासी प्याजको मूल्य बढाएर रु १३५ पु¥याएका हुन् ।

हिँजो आइतबारको तुलनामा आज प्याजको मूल्य २८ दशमलव ५७ प्रतिशतले बढेको कालिमाटी तरकारी बजार समितिले जनाएको छ ।

हिँजो कालिमाटी बजारमा प्रतिकेजी प्याजको मूल्य १ सय ५ रुपैयाँ थियो।

व्यापारीले समाचार हेरेर मौका छोप्दै भाउ बढाउँदै गरेको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाएका छन् ।

नेपालली बजारमा झन्डै ९८ प्रतिशत प्याज भारतबाट आउने गर्छ । तर भारतमा अहिले वर्षाका कारण प्याज नष्ट भएपछि भारत सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको हो ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँको प्याज आयात भएको थियो।

काठमाडौं उपत्यकामा मात्रै दैनिक २ सय ७० मेट्रिक टन खपत हुन्छ।

६ बर्ष अगाडि

प्रतिक्रिया