काठमाडौं– केही दिन यता सुनको भाउ निरन्तर घटेको छ ।
सुनको भाउ सोमबार पनि घटेर कारोबार भएको छ ।
आइतबार तोलामा ७० हजार २०० मा कारोबार भएको सुनका मूल्य सोमबार पनि रु २०० घटेर ७० हजारमा कारोबार भएको छ ।
यस्तै तेजावी सुन ६९ हजार ७०० मा कारोबार भएको छ ।
चाँदी पनि सोमबार रु ५ ले घटेर रु ८४० मा कारोबार भएको छ ।
प्रतिक्रिया