चाड नेपालको, व्यापार भारतको

६ बर्ष अगाडि

चाडपर्व नजिकिदै गर्दा झापाका अधिकांश बजार सुनसान छन् ।

झापाको बिर्तामोड, दमक, शनिश्चरे, हङकङ बजार भनेर चिनिने धुलाबारी, काँकडभिटा लगायतमा बजारहरु आजभोली सुनसान छन् ।

तर काँकडभिटासँग जाडिएको भारतीय बजार पानीट्यांकी, सिलीगुडी, नक्साल भने नेपाली ग्राहकले भरिभराउ हुन थालेको छ ।

नेपालमा भन्दा भारतीय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य केहि कम हुने भएकाले नेपाली ग्राहक त्यहाँ पुग्ने गरेका छन् ।

जसले गर्दा नेपाली व्यापारी भने मारमा परेका छन् ।
कारोबार दैनिकबाट


 

 

६ बर्ष अगाडि

प्रतिक्रिया