बुटवलका ब्यापारीले दशैंको अवसरमा ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिने भएका छन् ।
आजदेखि बुटवलको बालमन्दिरमा सञ्चालन भएको सस्तो दशैं बजारमा व्यवासयीले ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका हुन् ।
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा हुने सस्तो बजारको १९ औं संस्करणको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले आइतबार उद्घाटन गरे ।
सो अबसरमा मेयर सुवेदीले चाडपर्वहरुमा सस्तो बजार सञ्चालन हुनु राम्रो भएको भन्दै बिक्री गरिने बस्तुको गुणस्तरमा पनि ख्याल गर्न आग्रह गरे ।
घटस्थापनादेखि असोजको १७ गतेसम्म सञ्चालन गरिने दशैं सस्तो बजारमा खाद्यान्न, दैनिक उपभोग्य बस्तु, टर्की, लोकल कुखुरा, अण्डा, छपियाको माछा, चिया, डिडिसीको दुग्धजन्य उत्पादन, साल्ट ट्रेडिङ्को नुन, चिनी लगायतका ३० वटा स्टल राखिएको दशैं बजारका संयोजक तथा बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेलले जानकारी दिए ।
त्यस्तै नेपाल राष्ट्र बैंकको सहयोगमा प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाँका दरले नयाँ नोट सटहीको व्यवस्था मिलाइएको छ ।
हुनेखानेका लागि मात्रै नभएर हँदा खानेहरुका लागि पनि दशैं सहज बनाउनका लागि पनि बुटवल उद्योग बाणिज्य संघले दशैं सस्तो बजार सञ्चालन गर्दै आएको बताउँदै संघका वरिष्ठ उपाध्यक्ष उज्जवल कसजुले स्टल संख्या बढाउने भन्दा पनि सुलभ र गुणस्तरमा ध्यान दिइएको बताए ।
उनका अनुसार दशैं सस्तो बजरमा बस्तुका आधारमा का व्यबस्था मिलाइएको छ ।
प्रतिक्रिया