हिमालय एयरलाइन्समा चीनको सरकारी स्वामित्वको लगानीकर्ता भित्रने भएको छ ।
४९ प्रतिशत लगानी भएको तिब्बत एयरलाइन्स हिमालयबाट बाहिरिएपछि नयाँ लगानीकर्ताका रुपमा तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट भित्रिने भएको हो।
एयरलाइन्सका अध्यक्ष झाउ इनयोङले एरलाइन्समा नयाँ नयाँ लगानीकर्ताका रुपमा तिब्बत एभिएसन डेभलपमेन्ट आउन लागेको बताए ।
तिब्बत एयरलाइन्सको यसमा ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ।
कम्पनीको ५१ प्रतिशत शेयर भने नेपालको यति वर्ल्ड कम्पनीको नाममा छ।
यतिको ५१ प्रतिशत सेयर भने कायमै हुने एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।
शेयरधनी परिवर्तन भएसँगै कम्पनीले आफ्नो लोगो पनि परिवर्तन गरेको छ।
हिमालको चुचुरोमा उड्दै गरेको चील अंकित सेतो र निलो रंग परिवर्तन गरेर निलो र सुन्तला रंगमा नयाँ लोगो बनाएको एयरलाइन्सले जनाएको छ ।
नयाँ लोगो कम्पनीका अध्यक्ष झो एन्योङ र उपाध्यक्ष विजय श्रेष्ठले नयाँ ब्राण्ड लोगो सार्वजनिक गरे ।
प्रतिक्रिया