दशैंको अवसर पारेर आफूखुसी मुल्य वृद्धि

६ बर्ष अगाडि

चाडबाड नजिकियसगैँ व्यापारी हरुले दैनिक उपभोग्य वस्तुहरुमा आफूखुसी मुल्य वृद्धि गरेको पाइएको छ ।

व्यापारीहरुले दैनिक उपभोग्य वस्तुहरु जस्तै खाीद्यान्न, तरकारी, फलफूल देखि लिएर लत्ताकपडा र मासुजन्यवस्तु हरुमा मुल्य वृद्धि गराएका हुन ।

बल्खु तरकारी बजारमा १५ दिनअघि प्रतिकिलो ३० देखि ६० रुपैंयामा किनिएको गोलभेँडा, आलु, प्याज, बोडी, काक्रो लगायतका तरकारी शुक्रबार किन्दा झण्डै ९० प्रतिशत बढी मुल्य तिर्नुपरेको छ ।

तर व्यापारीलाई किन भाउ बढेको भन्ने प्रश्न गर्दा गाडी चल्न नसक्दा काठमाडौंमा तरकारी आयन नसकेको बताउने गरेको छन् ।
आर्थिक राष्ट्रिय दैनिकबाट
 

६ बर्ष अगाडि

प्रतिक्रिया