आजपनि घट्यो सुनको मूल्य

६ बर्ष अगाडि

सुनचाँदी बजारमा सुनको मूल्य घटबढ हुने क्रम जारी छ।

साताको छैठौं दिन शुक्रबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ७० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ७१ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले घटेर ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार तेजाबी सुनको मूल्य ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलाका पाँच रुपैयााले घटेर आठ सय ६० रुपैयाँका कारोबार भइरहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया