नेपाली बजारमा एक दिनमा सुन तोलामा १ हजारले घटेको छ। बुधबार ७२ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार १ हजारले घटेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा ६ सय रुपैयाँले बढेको थियो।
यस्तै चाँदीको मूल्य पनि सामान्य गिरावट आएको छ। आज चाँदी तोलाको ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदी तोलाको ८९० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया