नेपाल आयल निगमले नेपालमा खाना पकाउने गयसको बढी मूल्य लिनेलाई कारबाही गर्ने भएको छ ।
ग्यासको मूल्य घटेपनि अनुगमनको क्रममा कतिपय व्यवसायीले बढी शुल्क लिएको फेला परेपछि निगमले बढी मूल्य लिनेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
निगमले असोज ३ गतदेखि ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको थियो । निगमका अनुसार काठमाडौँ उपत्यका लगायत पहाडी जिल्लामा प्रति सिलिण्डर १ हजार ३५० मात्रै पर्ने छ ।
त्यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, र कन्चनपुरमा प्रति सिलिण्डर १ हजार ३१५ र अन्य तराइ क्षेत्रमा १ हजार ३३० मात्र पर्ने निगमले जनाएको छ ।
तोकिएको शुल्कमा व्यापारीले कुनैपनि शुल्क जोडेर लिन नपाउने निगमले जनाएको छ । कतिपय व्यापारीले ढुवानी भाडा भनेर उपभोक्तालाई ठग्ने गरेका छन् ।
तर ढुवानी भाडा बापतको शुल्क ग्यास विक्रेताले निगमबाट लिइसकेकोले तोकिएको मूल्यमा कुनै पनि थप शुल्क लिन पाइने छैन ।
प्रतिक्रिया