घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाइ निगम को यस्तो चेतावनी

६ बर्ष अगाडि

नेपाल आयल निगम (एनओसी)ले घटेको मूल्य अनुसार ग्याँस कारोबार नगर्ने व्यवसायीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । 

सोमबार निगमले एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा पुरानै मूल्यमा एल.पी ग्याँस कारोबार भइरहेको पाइएकाले त्यसो नगर्न आम ग्याँस व्यवसायीलाई सचेत गराएको हो । 

अन्यथा निगम कडा कारबाही गर्न बाध्य हुने जारी विज्ञप्तिमा उल्लेख छ । 

एनओसीले गत असोज ३ गते मध्यरातदेखि लागु हुने गरी एल.पी ग्याँसको मूल्य समायोजन गरेको थियो । खुद्रा मूल्यमा प्रति सिलिण्डर १३७५ रुपैयाँ रहेको मूल्यमा २५ रुपैयाँ घटाएको थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया