मुस्ताङको अर्को चिनारी मार्फा ब्रान्डी को माग बढ्दो

६ बर्ष अगाडि

स्याउको राजधानी मानिने हिमाल पारीको पर्यटकीय जिल्ला मार्फा ब्रान्डीका लागी पनि लोकप्रिय बन्दै गएको छ ।

बजारमा विक्री नभएका गोल्डेन स्याउ, खुर्पानी, चिली र आरुबखडा लगाएतको फलफुल लाई प्रशोधन गरेर बनाइने मार्फा देश बिदेशमा लोकप्रिय छ ।

फलफुल प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर, जाम र सुकुटी बनाइने गरेको छ ।

मार्फा ब्रान्डी मुस्ताङ पुग्ने पर्यटकका लागी कोशेली हुने गरेको छ ।

नेपाली बजारमा मार्फा ब्रान्डीको उच्च माग छ ।

मुस्ताङमा ८०० मा पाइने स्पेशल मार्फा ब्रान्डी बेनीमा ११ सय भन्दा धेरै पर्ने गरेको छ ।
आर्थिक अभियानबाट

६ बर्ष अगाडि

प्रतिक्रिया