दर्ता नभएका मोबाइल बन्देज गरिँदै

६ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेशनल इक्किपमेन्ट आइडेन्टिटी कोड (आइएमइआइ) दर्ता नभएका मोबाइल बन्देज गर्ने भएको छ । प्राधिकरणले ६ महिनापछि अवैध रुपमा भित्रिएका मोबाइललाई नियन्त्रण गर्न यो कार्य गर्ने भएको हो । 

अवैध भित्रिएका मोबाइललाई एमडिएमएस ‘मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ लागू गर्न लागिएको प्राधिकरणले जनाएको छ।

 यो सिस्टम लागू गर्नका लागि प्राधिकरणले भारतको ओएसआई कन्सल्टेन्सी, मलेसियाको न्युमेरा (एम) एसडिएन बिएचडी र सिंगापुरको नमस्ते ग्लोबल कम्युनिकेसनलाई ठेक्का दिइसकेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

प्रवक्ता अर्यालका अनुसार एमडिएमएस सेवा विस्तार गर्नका लागि ७० लाख ६६ हजार अमेरिकी डलर लागत रहेको छ । यस अघि प्राधिकरणले आधिकारिक कम्पनीले ल्याउने गरेको मोवाइलमा रहेको आइएमइआइ नम्बरलाई म्यानुअल रजिष्ट्रेशन गर्दै आएको थियो भने निकट भविष्यमा वेववेस मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता गर्नेछ।

प्राधिकरणले यस अघि भन्सार छलेर अवैध रुपमा आयात हुने विद्युतीय उपकरण ट्र्याकिङ गर्ने इक्विपमेन्ट आइडेन्टी रजिष्ट्रर (इआइआर) प्रणाली लागु गरिसकेको छ।

प्राधिकरणले एमडिएमएस लागू गर्नु अघि आधिकारिक मोबाइल विक्रेता कम्पनी, दुरसंचार कम्पनी र नेपाल प्रहरी समेतसँग समन्वय गरिसकेको उनले बताए। उनका अनुसार व्यक्तिले विदेशबाट उपहार स्वरुप ल्याउने मोबाइल सेटलाई सिस्टममा दर्ता गरेपछि सुचारु गर्न सकिने व्यवस्था मिलाइएको छ।
 
 

६ बर्ष अगाडि

प्रतिक्रिया