राजधानीमा पाकिस्तानी मेला हुँदै

६ बर्ष अगाडि

काठमाडौं – पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी आगामी भदौ अन्तिम साता राजधानीमा आयोजना हुने भएको भएको छ ।राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा (सेप्टेम्बर १६ तारिखदेखि २२ तारिदसम्म) भदौ ३० गतेदेखि असोज ५ गतेसम्म ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ मेला आयोजना हुन लागेको हो ।

पाकिस्तान र नेपाल मैत्री व्यापार मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता÷चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध हुने आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना हुन लागेको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहने छन् । मेलामा यसपालीदेखि नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु राखिने आयोजक पक्षले जनाएको छ ।

मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताउनुभयो ।पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले मेलामार्फत दुबै देशहरुको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तो मेलाले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताउनुभयो ।
मेला दुबै मुलुकबीचको जनतासँगको सम्बन्ध विस्तार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै महर्जनले  आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि मेला फलदायी हुने धारणा राख्नुभयो ।

यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत रहने आयोजक पक्षले जानकारी दिएको छ ।  

६ बर्ष अगाडि

प्रतिक्रिया