दक्षिणकालीमा कालिज किन्नेको घुँइचो

६ बर्ष अगाडि

काठमाडौंको दक्षिणकाली नगरपालिकामा एभरेस्ट वाईल्ड लाईफ एण्ड अ‍ेग्रो रिर्सच सेन्टरले नेपालमा पहिलो पटक व्यवसायिक  रुपमा कालिज पालन सुरु गरेको छ । बाबुराम श्रेष्ठ प्रमुख रहेको उक्त अ‍ेग्रो सेन्टरले बिगत १४ महिनादेखी फर्म संचालनमा ल्याएको हो ।

उक्त फर्मको सन्चालकमा बाबुराम श्रेष्ठ बाहेक ज्ञानेन्द्र तिमल्सीना , नरेश शाही, शुशील भट्राई दिलिप पन्त, र दिपक दवाडी  रहेका छन् ।
२० बर्ष ईटाली बसेर आएका प्रमुख श्रेष्ठले फ्रान्समा कालिज सम्बन्धी ४ महिना तालिम पनी लिएका छन् ।

फ्रान्सवाट १०,५७५ वटा अण्डा ल्याएर नेपालमा ११ रोपनी जग्गा भाडामा लिइ कालिज पालन सुरु गरिएको हो । यतिबेला नेपाल मै कालिजको अण्डा र चल्ला उदपादन भईरहेको छ । नेपालमा कालिज पाल्न र बेचबिखन गर्न बन्देज भएकाले जंगलमा छोड्न र जिउदो कालिज बिक्री बितरण गर्न नदिने सर्तमा नेपाल सरकारबाट उक्त एग्रोले स्वीकृती पाएको छ । बर्षको डेढ लाख तिर्ने सर्तमा फर्मले ११ रोपनी जग्गा भाडामा लिएको छ ।

संचालक श्रेष्ठका अनुसार अहिले फर्ममा २००० कालिज रहेका छन् भने एउटा कालिज ३५०० का दरले बिक्री हुदैँ आएको छ । कालिज व्यापार अरु दिन सामान्य रहेपनि शनिवार  भने कालिज किन्न आउने मानिसको घुँइचो नै लाग्ने गर्दछ ।  

बागबजारमा कालिज रेस्टुरेन्ट समेत रहेको फर्मले छिट्टै नै देशभरका ८ ठाँउमा आफ्नो शाखा बिस्तार गर्न लागेको छ । नेपालमा अहिले सातदेखी आठ प्रजातीका मात्र कालिज पाईने गर्दछन ।

६ बर्ष अगाडि

प्रतिक्रिया