सरकारले खोल्यो दसैं, तिहारको लागि सहुलियत पसल, यी ठाउँहरुमा पाइन्छ सस्तो

६ बर्ष अगाडि

सरकारले दसैं, तिहार र छठसहितको चाडपर्वलाई लक्षित गरेर काठमाडौंमा सहुलियत मूल्य पसल संचालन गरेको छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट टे«डिङ र दुग्ध विकास संस्थानले काठमाडौंको रामशाहपथस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको विक्री कक्ष भवनमा दशै, तिहार र छठ पर्वलाई लक्षित गरेर सोमबारबाट ‘एकीकृत सहुलियत मूल्य पसल’ संचालनमा ल्याएको हो । 

कार्तिक १७ गतेसम्म संचालन हुने सो पसल देशको मुख्य-मुख्य सहरमा पनि संचालन हुनेछन । 

ती पसलहरुमा घ्यूमा प्रतिकेजी ५० रुपैयाँ छुटको व्यवस्था गरिएको छ भने पनिरमा प्रतिकेजी १० रुपैयाँ छुट गरिएको दुग्ध विकास संस्थानका नारायणप्रसाद ढुंगानाले जानकारी दिए । 

 

६ बर्ष अगाडि

प्रतिक्रिया