काठमाडौं– बुधबार सुन र चाँदीको भाउ बढेको छ ।
मंगलबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु एक हजार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७३ हजार २०० मा कारोबार भएको छ ।
यसैगरी मंगलबार तोलामा रु ८९५ मा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा रु ९४० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया