आज पनि सुनको भाऊ ५०० ले बढ्यो

६ बर्ष अगाडि

काठमाडौं – पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज मंगलबार पुनः  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्यमा प्रतितोला रु ५००  बढेर रु ७२ हजार ५००  कायम भएको छ । सोमबार यसको मूल्य रु ७२ हजार  थियो ।

यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ५०० ले  बढेर प्रतितोला रु ७२ हजार २००  पुगेको छ । सोमबार यसको मूल्य सुन प्रतितोला रु ७१ हजार ७०० थियो ।

सुनसँगै चाँदीको मूल्य पनि प्रतितोला रु १०  वृद्धि भएर प्रतितोला रु ८९५  पुगेको महासं्रघले जानकारी दिएको छ । सोमबार चाँदी प्रतितोला रु ८८५ मा खरिदबिक्री भएको थियो ।

पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस १ हजार ५२८.५० अमेरिकी डलर पुगेको छ ।

 

६ बर्ष अगाडि

प्रतिक्रिया