यसपालीको तिजमा सुनै विकेन, गहना किन्ने भन्दा बेच्ने धेरै

६ बर्ष अगाडि

तिजमा सुनको कारोबार अत्यधिक हुनुपर्ने हो तर यसपालीको तिजमा सुनको कारोबार नगन्य मात्रामा भएको छ ।

सुनको मूल्य अत्यधिक बढेपछि यसपाली सुन नविकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायीहरूका अनुसार तिजमा नयाँ गहना किन्न अउनुपर्नेमा पूरानो बेच्नेहरूको भिड लागेको थियो । तिज नजिकिँदै गर्दा दुई महिनामा सुनको मूल्य सात हजार रुपैयाँले बढेको छ।  गत असार १५ गते ६५ हजार रुपैयाँ रहेको सुनको मूल्य आइतबार ७२ हजार रुपैयाँमा उक्लिएको छ।

गत शुक्रवार नेपाली बजारमा प्रति तोला सुन ७२ हजार रुपैयाँमा किनबेच भएको थियो।आइतबार चाँदीको मूल्यमा कुनै परिवर्तन भएन।आइतबार प्रति तोला चाँदीको मूल्य ८८५ रुपैयाँमै स्थिर रहेको छ।

६ बर्ष अगाडि

प्रतिक्रिया