सुनको मूल्यमा गिरावट

६ बर्ष अगाडि

पछिल्लो डेढ महीनादेखि निकै उतार चढावका बीच कारोवार हुँदै आएको सुनको मूल्यमा आज गिरावट देखिएको छ । 
 
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला रु एक हजारले घटेको छ । छापावाला सुनको मूल्य रु ७२ हजार ४०० कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ४०० मा कारोबार भएको थियो । 
 
यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला रु एक हजारले घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार १०० कायम भएको छ । बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० रहेको थियो । 
 
चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ । स्थानीय बजारमा आज चाँदी प्रतितोला रु १० ले घटी रु ८८५ निर्धारण भएको छ । बिहीबार चाँदी प्रतितोला रु ८९५ मा खरिदबिक्री भएको थियो । 
 

६ बर्ष अगाडि

प्रतिक्रिया