एकदशक देखि राेकिएकाे नेपाल वायुसेवा निगमकाे नेपाल जापान सिधा उडान आजदेखि फेरी शुरु भएको छ ।
आज विहान साढे दुई बजे १ सय ५१ जना यात्रुसहित ओशाका उडानसँगै निगमकाे जापान सिधा उडान शुरू भएकाे हाे ।
पहिलाे उडानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, निगमका बोर्ड संचालक, व्यवसायी, पर्यटनमन्त्रालयका सहसचिव रहेका छन् ।
ओशाकामा अवतरण भइसकेको पहिलो फ्लाइट भाेली (शुक्रबार) ८० जना यात्रु लिएर काठमाडौं आउने छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा जापान उडानको औपचारिक उद्घाटन गरेका थिए।
इकोनोमी क्लास अन्तर्गत काठमाडौं-ओशाका भाडादर रू ४१ हजार र दुईतर्फी भाडादर रू ७७ हजार तोकेको निगमले एयरवस-३३० जहाजबाट सातामा दुई उडान गर्नेछ।
प्रतिक्रिया