बजार अनुगमनको नाममा व्यापारीलाई त्रसित नबनाउन चेम्बरको आग्रह

६ बर्ष अगाडि

काठमाडौं – वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सिमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शले चेम्बर सचिवालय जमल काठमाडौंमा आज गरेको वाणिज्य सम्बन्धी समसामयिक विषय अन्तर्गतको साक्षात्कारमा उहाँले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेका छन् र विश्व व्यापार संगठनको सिद्धान्त अनुसार मुलुकको बाध्यताले अधिकतम भन्सारदर लगाइएको कुरा व्यक्त गर्दै उपभोक्ता संरक्षण ऐन अनुसार लेवल लगाईएका वस्तु बिक्रि गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजग भई तद्नुसार कार्य गर्नुपर्ने बताए ।

बजार अुनगमन निरन्तर प्रक्रिया रहेको भईरहेको जानकारी गराउँदै खरीद बिल जारी गर्दा र बिक्रि विल जारी गर्ने सेमत अनिवार्य भएकोले सो नभएमा जरिवाना गर्ने कानूनी प्रावधान रहेको र यसमा मिडियालाई ल्याएर प्रचार गराउनेतर्फ विभाग नलागेकोमा विश्वस्त हुन व्यवसायीलाई बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले बजार अनुगमनलाई कहाँ के कस्तो  कमजोरी छ पहिल्याएर त्समा नै पुर्नविचार गरी नयाँ ढंगले सोच्नुपर्ने कुरा औल्याए ।

अध्यक्ष श्रेष्ठले उपभोक्ता संरक्षण ऐनमा नै आवश्यक संशोधन हुनुपर्ने, दण्ड सजायको प्रावधानमा पनि पुःन विचार गरी आर्थिक क्षतिमा आर्थिक नै दण्ड हुनुपर्ने र थुन छेक गर्न नहुनेतर्फ जोड दिए । उनले ठाउँ र वस्तु अनुसार मूल्य फरक फरक हुने र अधिकतम खुद्रा मुल्य तोक्ने हुँदा सो बमोजिम बजार अनुगमनमा पनि त्यही दृष्टिकोणबाट हेर्नुपर्ने विचार राखे ।

उनले जार अनुगमन गर्दा डर त्रासको वातावरण हटाउनुपर्ने आवश्यक रहेको बताए ।  उपभोक्ता नियमावली बनाउने क्रममा चेम्बरको समेत सहभागिता भएमा बढी फलदायी हुने धारणा राख्दै विशाखापट्टममा नेपाली कन्सुलेटको कार्यालय राख्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेपाल युथ चेम्बरका सभापति दिपेश तुलाधरले बजार अनुगमन गर्दा सरकारले उपभोक्ता र व्यवसायको संरक्षण गर्नुपर्ने बताए । सो अवसरमा वाणिज्य तथा आपूर्ती तथा संरक्षण विभागका निर्देशकहरु लगायत अन्य पदाधिकारीज्यूहरुको उपस्थिती थियो । साथै चेम्बर अफ कमर्शका पदाधिकारी, वस्तुगत तथा आबद्ध संघका पदाधिकराीहरु तथा चेम्बरका सदस्यहरुको उपस्थिती थियो ।

६ बर्ष अगाडि

प्रतिक्रिया