‘योजना आयोगले अब पैसा होइन नीति र योजना बाँड्छ’

७ बर्ष अगाडि

 काठमाडौं– राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले योजना आयोगले पैसा बाँड्ने भन्दा पनि अव निति र योजना बाँड्ने बताएका छन् । 
शनिवार त्रिभुवन विश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागद्धारा आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा. कँडेलले योजना आयोगलाई पुरानो ढर्रा भन्दा माथि उठेर समावेशी तरिकाले अघि बढाउने स्पष्ट पारे । 
 उनले अव सिहंदरवारमा बसेर योजना बनाउने प्रबृत्ति भन्दा माथि उठेर मुलुकको दुर्गम क्षेत्रमा पुगेर योजना र निति निर्माण गरिने बताए । 
सो अवसरमा उनले त्रिवि केन्द्रिय बिभागले आयोजना गरेको म्याराथुन दौडमा उत्कृष्ट धावकलाई पुरस्कार बितरण गदै बिभिन्न प्रतियोगिताका सहभागीहरुलाई सम्मान समेत गरे । 

कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय ब्यवस्थापन बिभागका प्रमुख प्रा डा भोजराज अर्यालले बिश्वबिद्यालयको ब्यवस्थापन शिक्षालाई थप प्रभावकारी र समय सापेक्ष बनाउन सरकारले आावश्यक स्रोत साधनको ब्यवस्थापन गर्नु पर्ने बताए  ।
यस्तै मध्य पश्चिमाञ्चल बिश्वबिद्यालयका उपकुलपति डा उपेन्द्र कोइराला र  त्रिभुवन बिश्वबिद्यालय ब्यवस्थापन संकायका प्राध्यापक डा सुनिती श्रेष्ठले सो क्रममा आफ्नो धारणा राखेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया