काठमाडौँ – राजधानीको मुटु सुन्धारामा अबस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौँ मलमा रहेको द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् । लामो समय देखि बिबादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका हुन् ।
संघका बरिष्ट उपाधक्ष्य सहित महासचिब लगायतले उक्त संघ बाट राजिनामा दिएका छन् । राजिनामा पत्रमा भनिएको छ : संघका अधक्ष्यले संघलाई मनोमानी ढंगले एकलौटी स्वबिबेकले चल्ने गरेको कारणले राजिनामा दिएको जानकारी गराइएको छ ।
प्रतिक्रिया