यू–१९ एसिया छनोटका लागि क्रिकेट टोली मलेसिया प्रस्थान

६ बर्ष अगाडि

आईसीसी यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि पूर्णतयारीसहित १४ सदस्सीय नेपाली टोली शनिबार मलेसिया प्रथान गरेको हो । 

नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार बिष्ट र राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक जगत टमटाले विदाई गरेका हुन् । 

“लामो समय देखि तयारी गरिरहेका छौँ, भारतको आन्ध्र प्रदेशमा पनि करिव १५ दिनको तयारी सफल भयो । यिनै आधारले हाम्रो एसिया छनोट उत्कृष्ट बन्नेछ ।” विधाई कार्यक्रमा बोल्दै नेपाली यू–१९ टोलीका कप्तान रोहित कुमार पौडेलले भने । 

एसिया छनोट अप्रिल १० देखि २० सम्म योजना हुने छ । छनोट खेलमा नेपाल सहित, युएई, कुवेत, मलेसिया, सिंगापुर र ओमनले प्रतिस्पर्धा गर्ने छ । 

“मैले पहिलो पटक कप्तानि गर्दै छु, यसलाई मैले चुनौती भन्दा पनि अवशरको रुपमा लिएको छु, टिममा सबै खेलाडीको प्रदर्शन उत्कृष्ट छ । मलाई  लाग्छ मलेसिया भम्रण सफल रहनेछ ।” रोहितले भने । 

छनोट खेलमा विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छ ।

“प्रतियोगिताका लागि हामी पूर्णरुपमा तयार छौँ, हामीसंग प्रतिस्पर्धा गर्ने देशहरुका खेलाडी कस्तो छन् त्यो अहिले भन्न सकिदैन, अन्य देश भन्दा हामी उत्कृष्टनै हुनेछौँ ।” नेपाली यू–१९ टोलीका प्रशिक्षक विनोद दासले भने । 

रोहित कुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा पवन सर्राफ, सन्दीप जोरा, आसिफ शेख, भिम सार्की, रित गौतम, कमल सिंह ऐरी, राशिद खान, सागर ढकाल, अभिषेक बस्नेत, कुशल मल्ल, हरि चौहान, प्रतिष जिसी र सुर्य तामाङ रहेका छन् । 

नेपाली टोलीको प्रशिक्षक विनोद दास रहेका छन् । 

६ बर्ष अगाडि

प्रतिक्रिया