मेस्सीको ठुलै फ्यानलाई पनि थाहा नहुन सक्छ यी पाँच तथ्यहरु !

६ बर्ष अगाडि

बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका कप्तान लियोनल मेसीलाई तपाईंको समर्थन हो भने उनका हजारौ कमजोरी लुकाउन सक्छौ । तर, उनका समर्थकले पनि उनका कमजोरीका बारेमा जान्न जरुरी छ । हरेक मानवझैं उनीसँग पनि केहि कमजोरी छन् । यो पनि सम्भव छ की अधिकांश प्रशंसकलाई उनका बारेमा केही जानकारी हुन सक्छ । तर, तपाई उनका बारेका यो जान्नु हुन्छ ? मेस्सीका बारेमा पाँच तथ्य :

खानेमा सोख

सानो छँदा उनी खानाको सोखिन थिए । जब उनी १३ बर्षका थिए उनलाई बार्सिलोनाले आफ्नो क्लबमा अनुबन्ध गरेको थियो । त्यती बेला उनी सबै थोक खाने गर्थे । जबसम्म उनको खानामा विशेषज्ञ थिएन् । उनी भोजन गरेको केहि बेरमा पुनः भोजन गर्न चाहन्थे र गर्थे पनि ।

मेस्सी सेलिब्रेसन

आश्चर्य छ की किन हरेक पटक एक गोल गरे पछी मेस्सी दुवै हात आकाश तिर उठाउदै इशारा गर्दछन् ? यसको मतलब हो की उनी आफ्नो हजुरआमालाई आफ्नो गोल समर्पित गर्द छन् । जो बार्सिलोनाका स्टार मेस्सी १० वर्ष हुँदा बितेकी थिइन । मेस्सीको फुटबल जिवनमा उनकी हजुर आमाको महत्त्वपूर्ण भूमिका छ । जसले मेसीलाई फुटबल स्कुलमा भर्ना गर्न निकैनै संघर्ष गरेकी थिईन् ।

मेस्सीका सोख

लियोनल मेस्सीको रुची र सोख एक साधारण युवाको जस्तै छ । उनी खान, सुत्न र बच्चा जस्तै खेल्नमा सोखीन छन् । उनी आफू बुवा भएपछि भने आफ्नो धेरै समय छोराछोरीसँगै बिताउन चाहन्छन् ।

फोनमा कुरा गर्न मन पराउदैनन्

मेस्सीलाई फोनमा कुरा गर्न सबै भन्दा मन नपर्ने कुरा हो । उनी फोनमा कुरा गर्नु भन्दा पनि बढि मेसेजको प्रयोग गर्दछन् र गर्न चाहन्छन् पनि । उनी जब कसैलाई कुनै विषयको जानकरी दिनु पर्ने हुनछ तब उनी एमएमएस वा व्हाट्सएपको प्रयोग गरि सुचना पठाउने गर्दछन् ।

न्यापकिनमा हस्ताक्षर

बार्सिलोनाका निर्देशक कार्लेस रेक्सचले मेस्सीका लागि एक न्यापकिनको टुक्रामा हस्ताक्षर गरि पहिलो सम्झौता गरेका थिए । किनकी रेक्सेको आधिकारिक अनुबन्ध थिएन र उनको प्रतिभा देखेर उनलाई क्लबबाट जान नदिन रेक्सेचले यस्तो गरेका थिए । न्याप्किन अब बार्सिलोनाको संग्राहालयमा एक इतिहास बनेको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया