गृहमन्त्रालयको निर्देशनप्रति भीम रावलको आपत्ति

७ बर्ष अगाडि

काठमाडौ – नेकपा सांसद भीम रावलले अंगीकृतका सन्तानलाई नागरिकता दिन गृहमन्त्रालयले गरेको सर्कुलरप्रति आपत्ति जनाएका छन् । गृहमन्त्रालयले जन्मको आधारमा नागरिकता लिएका (जन्मसिद्ध) नागरिकका सन्तानले बाबु र आमा दुवैको नागरिकता ल्याए वंशजको नागरिकता पाउन बाटो खुला गरेपछि उनले यस्तो बताएका हुन् ।

गृह मन्त्रालयले मंगलबार जन्मसिद्ध नागरिकका सन्तानले आमा र बाबु दुवैको नागरिकता ल्याए नागरिकता बनाइदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

नागरिकता ऐन संसदमा विचाराधीन अवस्थामा रहेकै बेला गृहले मन्त्रीस्तरीण निर्णय गर्दै अंगीकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन परिपत्र गरेपछि नेता रावलले त्यसप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

गृहमन्त्रालयको निर्देशन 

७ बर्ष अगाडि

प्रतिक्रिया