गाडी दुरुपयोग गर्दै संसद्का कर्मचारी

७ बर्ष अगाडि

काठमाडौँ- संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन् । ऐनविपरीत संसद्का सचिव, उपसचिवदेखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन् । कसैले एकभन्दा बढी गाडी लिएर त कसैले आवश्यकताविना गाडी चढेर दुरुपयोग गरेका छन् । गाडीको इन्धनमा समेत अनियमितता भएको छ ,  नयाँ पत्रिकाले खबर छापेको छ।

ऐनअनुसार संसद्का पदाधिकारीले एक–एकवटा गाडी सुविधा पाउँछन् । सभामुख, सचेतकदेखि सचिवसम्म संसद्का पदाधिकारी हुन्छन् । तर, संसद्का सचिवले दुईवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उपसचिवहरूले समेत गाडी सुविधा लिँदै आएका छन् ।
संघीय संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ । सुवेदीले चालकको नाममा समेत रकम बुझ्दै आएका छन्, जब कि चालक भने राखेका छैनन  ।

७ बर्ष अगाडि

प्रतिक्रिया