हिमालय उर्जा विकास कम्पनीको शेयरमा ओइरिए लगानीकर्ता

६ बर्ष अगाडि

काठमाडौ – हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आइपिओ जारी गरेको दुई दिनमै माग भन्दा बढी आबेदन परेको छ ।

सेयर निष्काशन भएको दोश्रो दिननै माग भएभन्दा १.२५ गुणा बढी शेयर आवेदन परेको छ ।

हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार कित्ता साधारण सेयर मध्ये कर्मचारीहरुलाई छुट्याइएको ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ७४ हजार २५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण सेयर यहि चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागीता भएको छ ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सिमा भएर बहने खिम्ति खोलामा १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटकोे अपर खिम्ति गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ । कूल १९ मेगावाट निर्माण गर्नको लागि लागत करिव रु ३ अर्व १५ करोड लाग्ने बताइएको छ ।

यसरी हेर्दा प्रति मेघावाट लागत करिव १६ करोड ५६ लाख मात्र रहेको छ भने दुवै आयोजना आगामी  २०७६ असार मसान्तमा सम्पन्न हुने कम्पनीले जनाएको छ । 

६ बर्ष अगाडि

प्रतिक्रिया