के फेरी पनि बुम हुँदैछ शेयर बजार, एक सातामै बजार पूँजीकरण २५ अर्बले बढ्यो

६ बर्ष अगाडि

काठमाडौँ – पछिल्ला केही दिन यता शेयर बजारमा सुधार देखिएको छ  । लगानीकर्ता होसिएका छन् ।  नेपाल स्टक एक्सचेन्जमा यो साता शेयर बजार २० अंकले सुधारसँगै कारोबार रकम पनि बढेको छ । सूचकमा सुधार देखिएपछि दैनिक रु ३० करोड भन्दा तल कारोबार हुँदै आएकोमा अघिल्ला दुई कारोबार दिनमा रु ५० करोड नाघेको छ ।

बिहीबार सूचकमा ०.६४ अंकले घट्दा रु ४२ करोड ३४ लाख को कारोबार भएको छ । सूचकमा सुधार आएपछि बजार पूँजीकरण पनि एक सातामा रु २५ अर्ब ३० करोडले बढेको छ ।

बिहीबार बजार पूँजीकरण रु १४ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।  हरेक वर्षको चैत तेस्रो साता बजार घट्दो ट्रेण्डमा रहदै आएकोमा यस वर्ष भने सुधार देखिएको छ  ।

चैतको तेस्रो सातामा व्याज तथा कर भूक्तानीका लागि बिक्रीको प्रेसर बढ्ने हुँदा बजार नै घट्ने गरेको थियो । तर यो पटक लगानीकर्ताले पहिलो र दोस्रो सातामै शेयर बिक्री गरेर पैसा जोहो गरेपछि तुलनात्मक रुपमा बिक्री प्रेसर घटेको छ ।

चैत अन्तिम सातादेखि वैशाख पहिलो साता शेयर बजार बढ्ने मानसिकताले गर्दा यो साता लगानीकर्ताले साविकको लगानीलाई पनि बढाएका छन । कतिपय लगानीकर्ताले मार्जिन सुविधा लिएर पनि शेयर खरिद गरेका छन्। यो साता सबैभन्दा धेरै आकर्षण बाणिज्य बैंकको शेयरमा देखिएको छ । अधिकांश कारोबार बाणिज्य बैंकको भएको पाइन्छ ।

दुई सय रुपैयाँ भन्दा तल मूल्य भएका बाणिज्य बैंकको शेयर धमाधम बिकीरहेको छ । त्यसमा  सिभिल बैंक जनता बैंकको कारोबार रकम ह्वात्तै बढेको पाइउको छ । त्यस्तै लगानीकर्ताले रु  चार सय भन्दा तलका एनआईसी एशिया, एनसिसी बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंकको शेयरमा देखिन्छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया