रोकिएन विमानस्थलबाट सुन तस्करी

७ बर्ष अगाडि

काठमाडौं – प्रहरीले विमानस्थलबाट हुँदै आएको सुन तस्करी रोकिएको भन्दै आए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुन: करिब ६ किलो सुन बरामद गरेको छ । 

बिहीबार साँझ थाई एयरलाइन्सको विमानमार्फत बैंकक हुँदै काठमाडौं ओर्लिएका चार जना भारतीय नागरिकलाई करिब ६ किलो सुनसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा एक पुरुष र तीन महिला छन् । उनीहरूलाई विमानस्थलको चेकजाँचबाट बाहिरिसकेपछि प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० सन्दीप भण्डारीले चार जना भारतीयसहित ५ किलो ८ सय १४ दशमलव ६५ ग्राम सुन नियन्त्रणमा लिइएको जानकारी दिए । उनले भने  पक्राउ परेका सबैलाई अनुसन्धानका लागि पठाएका छौं। 

पक्राउ पर्नेहरूमा जतिन जैन, सुनिता जैन, बबिता गर्ज र सरिता जैन छन् । 
उनीहरूलाई प्रहरीले विमानस्थल गेटनजिक बनेको नयाँ भवनको पार्किङ क्षेत्रबाट पक्राउ गरेको हो ।

७ बर्ष अगाडि

प्रतिक्रिया