काठमाडौं– सशस्त्र प्रहरी बलमा भर्ना खुलेकाे छ । सशस्त्र प्रहरी बलको भर्ना तथा छनौट शाखाले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार प्राविधिक समूहका विभिन्न ४ पदमा चैत २४ देखि बैशाख २३ गतेभित्र आवेदन दिन सकिनेछ ।
आवेदन सशस्त्र प्रहरी बलको हल्चोकस्थित केन्द्रीय कार्यालयमा बुझाउन सकिने छ ।
यसैगरी राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित सबै प्रदेश अन्तर्गतका कार्यालयका लागि तह ५ र ४ का लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
स्थायी पदपूर्तिका लागि माग गरिएको सो आवेदनका लागि अनलाइनमार्फत दरखास्त दिनेपर्नेछ ।
यसैगरी राष्ट्रिय अनुसन्धान विभागमा पनि जागिर खुलेको छ .यस्तै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पनि विभिन्न पदमा कर्मचारी माग गरेको छ ।





प्रतिक्रिया