मैदान खाली छ भनेर विचलित हुने अवस्था छैन : माधवकुमार नेपाल

७ बर्ष अगाडि

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताएका छन् । 

चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्ट सरकारप्रति जनताले ठूलो आशा र भरोसाका साथ दुई तिहाइ बहुमत दिएकाले जनइच्छाबमोजिम काम गर्नुपर्ने बताए ।

उनले जनताबीच लोकप्रियता हासिल गर्न वडादेखि केन्द्रसम्म सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । “वर्तमान अवस्थामा नेपालमा प्रतिपक्ष कमजोर छ”, नेता नेपालले भने , “एक हिसाबले मैदान खाली जस्तै छ तर यसो भनेर विचलित हुने अवस्था छैन ।” सरकारको नेतृत्व गरेर जनताको पक्षमा लोकप्रिय काम गर्न नसके जनताले सजाय दिने उनले बताए ।

विश्वमा कम्युनिष्ट पार्टीहरु अलोकप्रिय भइरहेका बेला नेपालमा भने कम्युनिष्टहरुको कामका कारण लोकप्रियता बढ्दै गएको उनको भनाइ छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया