काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले निशाना ताकेर विकास गर्ने लक्ष्य लिएको बताएका छन् ।
राष्ट्रिय विकास परिषद् बैठकको समापन समारोहलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सबै कुरा बुझेर मात्र अगाडी बढेको भन्दै अहिलेको सरकारले निशाना ताकेर विकास गर्ने लक्ष्य लिएको बताए ।
ओलीले नेपाल सरकारका विभिन्न तहहरु परिचालन नगरी देश नबन्ने भन्दै ७६१ खुट्टा नै चाल्नुपर्ने बताए । ‘७६१ खुट्टा हालेपछि एक दुईवटा खुट्टा चलाएर मात्रै हिडिन्छ रु यी सवै खुट्टालाई निस्कृय बनाएर गन्तव्यमा छिटो पुग्छु भन्ने होइन । सरकारले यी सवै कुरा बुझेर हिँडेको छ । सरकारले निशाना ताकेर विकास गर्ने लक्ष्य लिएको छ ।’
प्रधानमन्त्री ओलीले यस पंच्च वर्षे योजनाबाट अबको पाँच वर्षभित्र नेपाल एलडिसी (अतिविकसित मुलुक)को लिष्टबाट हटेर विकसित मुलुकको लिष्टमा अपग्रेड हुनेसमेत दाबी गरे।
साथै प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख भनेकाले कन्फ्युज उत्पन्न गरेपनि विश्वका प्रणालीहरुमध्ये सर्वोत्कृष्ट प्रणाली भन्दै त्यसको परिभाषा गर्न सकिने बताए । उनले समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुने बताए । ओलीले भने, ‘समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुन्छ । यो कुरा आगामी २५ बर्षभित्र उत्कृष्ट समाजवाद, जहाँ गरिव हुदैनन् ।
ओलीले अहिलेको संरचना पहिलेको भन्दा खर्चालुु भएको भन्दै मितव्ययिता अपनाउनु पर्ने र त्यो हामी सवैले बुझ्नुपर्ने बताए ।
प्रतिक्रिया