‘आँधी प्रभावित क्षेत्रमा पानीको गुणस्तरमा समस्या छैन’

७ बर्ष अगाडि

काठमाडौं – खानेपानी विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति 'अक्वा ट्याब' दिएको छ । 

प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्ने 'एक्वा ट्याब' दिएको हो ।

पानीको गुणस्तर जाँच गर्ने उद्देश्यले काठमाडौंबाट पठाईएको वाटर एम्बुलेन्सले उक्त क्षेत्रमा पानी परीक्षण गर्दा त्यस्तो कुनै गम्भीर समस्या नदेखिएको विभागका पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेले जानकारी दिए । 


विशेषज्ञ पाण्डेले पानीका स्रोतमा ब्याक्टेरिया मार्न ५० किलो ब्लिचिङ पाउडर समेत खानेपानी डिभिजन कार्यालय बारामा दिईएको बताए । 

हावाहुरी आँधीले क्षति पु९याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको थियो ।

७ बर्ष अगाडि

प्रतिक्रिया